पाथीभरा र र्स्वर्गद्वारीमा केबलकार बन्ने

२०७१ मंसिर २२ गते, सोमबार

काठमाडौँ । सरकारले ताप्लेजुङ्को पाथीभरा र प्युठानको र्स्वर्गद्वारीमा केवबलकार निर्माण प्रक्रिया अगाडि बढाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन पूवाधार विकास आयोजनाले आयोजनाको विस्तृत सम्भाब्यता अध्ययन सकेको छ । एकैसाथ बनाउने तयारीमा रहेका यी आयोजनाका लागि मन्त्रालयले केही दिनभित्रै निजी क्षेत्रसँग प्रस्ताव माग्नेछ । केबलकार निर्माणपछि र्स्वर्गद्वारीमा वाषिर्क १५ लाख र पाथीभरामा १० लाख पर्यटक -आन्तरिक र बाहृय) लैजान सकिने अध्ययनले देखाएको छ । दुवै आयोजनाका लागि दुइ अर्बरुपैंयाँ लाग्ने अनुमान छ । मन्त्रालयले र्सार्वनिक-निजी साझेदारी -पीपीपीं) मोडलमा निर्माण गर्ने गरी विस्तृत अध्ययन पूरा गरेको हो । ‘हामीले भर्खरै अध्ययन सकेका छौं, अब लगानीकर्ता खोज्ने प्रक्रिया सुरु हुन्छ,’ योजना महाशाखाका बरिष्ठ अधिकृत डोरेन्द्र निरौलाले भने, ‘दुवै आयोजना निर्माण सुरु भएको १८ महिनामा निर्माण गर्नसकिन्छ ।’ पाथीभरामा निर्माण गरिने केबलकारमा जग्गाबाहेक ६० करोड रुपैयाँ लगानी लाग्ने देखिएको छ । जग्गासहितको लगानी जोड्दा एक अर्ब नाघ्छ । र्स्वर्गद्वारीमा पनि जग्गाको ५० करोडसहित एक अर्बरुपैंयाँ लाग्ने अनुमान छ । पाथीभरा केबलकारको लम्बाई २.५ किलोमिटर रहनेछ । यो ताप्लेजुङको फेदी भन्ने स्थानबाट पाथीभरा पुग्नेछ । पूर्वी नेपालकै प्रसिद्ध तीथस्थल पाथीभरा समुद्रि सतहदेखि ३,७९४ मिटर उचाइमा छ ।

प्रतिक्रियाहरु