पाथीभरा जाने पदमार्गको स्तरोन्नति हुदै

२०७३ चैत्र ६ गते, आईतवार

काठमाडौं, ६ चैत । प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने पदमार्गको स्तरोन्नति शुरु भएको छ । नेपाली सेनाले ताप्लेजुङको पाथीभरामा जाने तीर्थयात्रीलाई पैदल यात्रा गर्न सहज होस् भन्ने उद्देश्यले काफ्लेपाटीभन्दा माथिको भागको पैदल मार्ग स्तरोन्नति गर्न शुरु गरेको हो ।
पहिलो चरणमा नमूनास्वरुप ३ सय मिटर बाटो ३ मिटर चौडाईमा ढुंगा छाप्ने काम सुरु भएको नयाँ रणभिम गुल्मका गुल्मपती रवि केसीले जानकारी दिए ।
गतशुक्रबारबाट सुरु भएको पदमार्ग स्तरोन्नतिको काम तीन हप्तामा सकिने बताइएको छ । सो पदमार्गमा बिछ्याउने ढुंगाको व्यवस्था भने पाथीभरा क्षेत्र विकास समितिले गरेको छ । पदमार्ग स्तरोन्नतिसँगै सेनाले विभिन्न स्थानमा फोहोर मैला व्यवस्थापनका लागि फलामे ड्रम राख्ने र अखण्ड दीप पाथीभरामा जडान गर्ने तयारीसमेत गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार