पाथीभराको भेटीमा सरकारको चासो

२०७२ आश्विन १३ गते, बुधबार

काठमाडौ, १३ असोज । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको भेटीघाटी सङ्कलनमा सरकारले चासो देखाएको छ । वार्षिक रु एक करोडभन्दा बढी भेटी सङ्कलन हुने यस मन्दिर क्षेत्रको विकासका लागि गठन गरिएको पाथीभरा क्षेत्र विकास समितिलाई भेटी सङ्कलनका लागि कार्य्विधि बनाई कार्यान्वयन गराउन सरकारले निर्देशन दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको गत साउन १४ गतेको सचिवस्तरीय बैठकको निर्णयअनुसार सो समितिलाई कार्य्विधि तयार गरेर भेटी सङ्कलन गर्न समिति स्थापना भएको १९ वर्षपछि बल्ल निर्देशन आएको समितिका अध्यक्ष सजन पौडेलले जानकारी दिए । यो समिति २०५३ सालमा सरकारले राजपत्रमा प्रकाशित गर्दै स्थापना गरेको थियो । हाल स्थानीय स्तरमा गठन गरिएको पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समितिले भेटी सङ्कलन गर्दै आएको छ ।
यस मन्दिरमा बर्से्नि स्वदेशी तथा विदेशी गरी झन्डै एक लाखभन्दा धेरै दर्शनार्थी पुग्ने गरेका छन् भने वार्षिक करोडौँ भेटी सङ्कलन हुने गरेको छ ।
पाथीभरा क्षेत्रको विकासमा सरकार मातहतको र स्थानीयस्तरकै गरी दुई–दुईवटा निकाय संलग्न भए पनि सो क्षेत्रको विकास अपेक्षाकृत नहुनुका साथै भेटीपातीको पारदर्शिता हुन नसकेको कतिपयको आरोप छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार