पाठ्यपुस्तक विनै विद्यालय !

२०७४ कार्तिक २४ गते, शुक्रबार

काठमाडौं, २४ कात्तिक । नयाँ शैक्षिक सत्र शुरु भएको सात महिना बित्दा पनि सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नम्वर ८ तोपास्थित जनता माध्यमिक विद्यालयका विद्यार्थी पाठ्यपुस्तक विनै विद्यालय जान बाध्य छन् । विद्यालय प्रशासन र प्रधानाध्यापकको लापरवाहीले कक्षा ९ र १० का अधिकांश विद्यार्थीले अतिरिक्त गणित, कम्प्युटर, जनसंख्या तथा स्वास्थ्य शिक्षाका पुस्तक पाउन नसकेको गुनासो अभिभावकको छ ।
शैक्षिक सत्र सुरु भएदेखि नै प्रधानाध्यापकलाई पाठ्यपुस्तक उपलब्ध गराउन आग्रह गरेपनि नपाएको बरु उल्टै डर त्रास देखाई चुप लाग्न बाध्य बनाएको विद्यार्थीको गुनासो छ । अन्तिम परिक्षा (एसईई) आउन केहि महिना वाँकी रहँदासमेत विद्यालयले पुस्तक उपलब्ध नगराउँदा उत्तीर्ण नहुने डर बढेको कक्षा १० मा अध्ययनरत विद्यार्थी बताउँछन् । कक्षा १० मा ५८ छात्र र ७३ छात्रा गरी १ सय ३१ जना विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रियाहरु