पाकिस्तानमा पोलियोको अवस्था चिन्ताजनक

२०७१ मंसिर १ गते, सोमबार


काठमाडौँ । विश्व पोलियो उन्मूलनको दिशातर्फ अघि बढिरहेको अमेरिकाले जनाएको छ । अमेरिकी रोग नियन्त्रण केन्द्रले विश्वभर पोलियो उन्मूलनका लागि उपलब्धी हासिल भएको बताएको बिबिसीले जनाएको छ । लगातारको अभियानपछि ३ प्रकारका पोलियो भाइरसमध्ये दोस्रो पूरै उन्मूलन भैसकेको अमेरिकाका विशेषज्ञले बताएका छन् ।
यस्तै उनीहरुका अनुसार तेस्रो प्रकारको पोलियोको भाइरस ३ वर्षदेखि देखिएको छैन । पोलियोलाई विश्वबाटै उन्मूलन गर्ने लक्ष्य नजिक नजिक पुगेपनि पाकिस्तानमा भने पोलियोको अवस्था चिन्ताजनक रहेको उनीहरुको भनाई छ ।
पाकिस्तानमा गएको वर्ष ५६ जनामा देखिएको पोलियोको समस्या यो वर्ष बढेर २ सय ३६ जनामा पाईएको र यो संख्या बढ्ने क्रममा रहेको केन्द्रले जनाएको छ । पाकिस्तानमा तालिवानले पोलियोको खोप कार्यक्रमलाई प्रभावित बनाएकोले त्यहाँ पोलियो विरुद्धको अभियान सफल हुन सकेको छैन । पाकिस्तानमा देखिएको पोलियोको भाइरस अहिले सिरियामा पनि पुगेको केन्द्रले जनाएको छ ।

प्रतिक्रियाहरु