पाकिस्तानको होटलमा आक्रमण, चार कर्मचारी र एक सैनिककाे मृत्यु

२०७६ बैशाख ३० गते, सोमबार

काठमाडौं, ३० बैशाख । पाकिस्तानको बलोचिस्तान प्रान्तस्थित एउटा विलासी होटलमा आक्रमण भएको छ । एउटा सशस्त्र समूहले गरेको उक्त आक्रमणमा सो होटलका चार कर्मचारी र एक सैनिकलाई मारिदिएको पाकिस्तानी सेनालाई उदृत गर्दै बीबीसीले जनाएको छ । बीबीसीको अनुसार अरब सागरनजिकै ग्वादारमा रहेको जाभेर पर्ल कन्टिनेन्टल होटल शनिवार अपराह्ण छिरेका तीन बन्दुकधारीसँग सुरक्षाकर्मीको भिडन्त भएको थियो। भिडन्तमा ती तीन जना आक्रमणको पनि ज्यान गएको थियो। घटनामा अन्य छ जना घाइते भएका छन्। होटलका प्रवक्ताका अनुसार रमजानको बेला भएकाले होटलमा अतिथि थिएनन् र कर्मचारीहरू पनि थौरै सङ्ख्यामा थिए। पृथक्तावादी समूह बलोचिस्तान लिबरेशन आर्मीले आक्रमणको जिम्मेवारी लिँदै चिनियाँ र अन्य लगानीकर्तालाई लक्षित गरिएको बताएको छ।

प्रतिक्रियाहरु