पाइलट नागराजलाई जहाज उडानमा प्रतिबन्ध

२०७६ बैशाख २७ गते, शुक्रबार

काठमाडौं, २७ बैशाख । नेपाल एयरलाइन्स एयरबस ३२० का आइपी पाइलट नागराज ककपिटमै निदाएको फोटो सार्जनिक भएपछि जहाज उडानमा प्रतिबन्ध लगाइएको छ। भारतीय नागरिक प्रशिक्षक पाइलट (आइपी) नागराज बिदामा बसेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले उनीमाथि जहाज उडानमा प्रतिबन्ध लगाएको हो। काठमाडौं–दुबई जहाज उडाएका नागराज को-पाइलटलाई जहाजको कमान्ड दिएर ककपिटमै सुतेका थिए। उनको सोही बेलाको फोटो सार्वजनिक भएको थियो । पाइलट नागराजलाई ग्राउन्डेड गर्दै प्राधिकरणले नेपाल वायुसेवा निगमसँग अध्ययन गरी रिपोर्ट बुझाउनसमेत निर्देशन दिएको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार