पशुपति क्षेत्र विकास कोष भ्रष्टाचारको दलदलमा

२०७१ भाद्र १० गते, मंगलवार

काठमाडौ, १० भदौ । पशुपतिनाथ मन्दिर परिसरको पार्किङदेखि बालुवा खानी सञ्चालनसम्ममा अनियमितता भएको उजुरीका आधारमा अख्तियारले कोषका सदस्यसचिव गोविन्द टण्डन, निर्देशक भोला सिटौलालगायतलाई अनुसन्धानको दायरामा ल्याएको हो ।
पशुपतिनाथ मन्दिरको सञ्चालन र व्यवस्थापनका लागि गठित कोषमा आर्थिक उजुरीका आधारमा छापा मारी कागजात नियन्त्रणमा लिइसकिएको छ । अख्तियारले सोमबार टण्डन र सिटौलासँग बयान लिएको छ ।

प्रतिक्रियाहरु