पलभरमै करोडपति !

२०७४ मंसिर १८ गते, सोमबार

काठमाडौ, १८ मंसिर । चीनको जु कन्ट्री नजिकैको एक गाउँका किसान एक झट्कामा करोडपति बनेका छन् । यी किसानले एक जंगली बँदेलको शिकार गरेका थिए । उनले यसलाई काट्दा बँदेलको पेटबाट एउटा ढुंगाजस्तो चीज निस्कियो । यो विचित्रको चीजलाई उनले संभालेर राखे । एक दिन उनी त्यो चीजलाई लिएर सांघाइ गएका थिए । त्यतिबेला उनलाई थाहा भयो यो त संसारकै बहुमूल्य चीजमध्येको एक हो ।
सांघाइका विशेषज्ञ बो चुनलुका अनुसार यो चीजको मूल्य साढे चार लाख पाउण्ड पर्छ । यो रकम नेपाली रुपैयाँमा झण्डै साढे ६ करोडजति हुन आउँछ । यो थाहा पाउँदा ती किसानलाई आफू पलभरमै करोडपति बनेको विश्वासै भएन । चुनलुका अनुसार यो बेजोर हो । चुनलुले यो बेजोरलाई लिलामी गर्ने सोचाइ बनाएका छन् । विशेषज्ञहरुका अनुसार बेजोर बँदेलसहित अन्य केही जनावरको पेटभित्र बन्छ । यो चीचबाट धेरै प्रकारका औषधीहरु र कैयौं विषको उपचार गर्न प्रयोग गरिने इन्जेक्सन बनाइन्छ । निकै दुर्लभ भएका कारण यसको मूल्य निकै बढी हुन्छ । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु