पर्यटन व्यवसाय धरासायी भयो : व्यवसायी

२०७२ आश्विन २० गते, बुधबार

काठमाडौं, २० असोज । नाकाबन्दीका कारण पर्यटन व्यवसाय धरासायी भएको भन्दै व्यवसायीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल टानको ३७ औं साधारणसभाका लागि संयुक्त व्यवसायिक समुहले बुधबार गरेको उम्मेदवारी घोषणा कार्यक्रममा व्यवसायीहरुले पर्यटन क्षेत्र मुलुकको आर्थिक मेरुदण्ड भए पनि बन्द, हड्ताल र नाकाबन्दीका कारण धरासायी भएको बताएका हुन् ।
उनीहरुले पर्यटन व्यवसायीका मागप्रति सरकारले बेवास्ता गरेको आरोपसमेत लगाए । पर्यटन क्षेत्रबाट मात्र मुलुकको आर्थिक समृद्धि सम्भव हुने भन्दै उनीहरुले पर्यटन क्षेत्रको विकासका लागि बिशेष नीति ल्याउन जोड दिए । भूकम्पका कारण समग्र पर्यटन क्षेत्र, पदयात्रा र पर्वतारोहण क्षेत्र नराम्ररी प्रभावित भएको भन्दै उनीहरुले नाकाबन्दी तत्काल अन्त्यका लागि कुटनीतिक पहल गर्न माग गरे । कार्यक्रममा टानको नयाँ नेतृत्वका लागि संयुक्त व्यवसायिक समूहबाट अध्यक्षमा चन्द्रप्रसाद रिजाल, बरिष्ठ उपाध्यक्षमा टासीलाक्पा शेर्पालगायत १७ जनाको संयुक्त प्यानलको उम्मेदवारी घोषणा गरिएको थियो ।

प्रतिक्रियाहरु