पर्यटन बोर्डको कामु कार्यकारी प्रमुखमा सुभाष निरौला

२०७० श्रावण २ गते, बुधबार

काठमाडौं, साउन २ – नेपाल पर्यटन बोर्डको निमित्त कार्यकारी प्रमुख सुभाष निरौला कायम मुकायम कार्यकारी प्रमुखमा नियुक्त भएका छन् ।नेपाल पर्यटन बोर्ड कार्यकारी समितिको १८७ औं बैठकले निरौलालाई कायम मुकायम कार्यकारी प्रमुखमा नियुक्त गरेको हो ।यस निर्णयसँगै निरौलाले नेपाल पर्यटन बोडको कार्यकारी समितिको सदस्य सचिवका हैसियतमा पनि काम गर्ने बोर्डले बुधवार निकालेको विज्ञप्तिमा उल्लेख छ । निरौला सन् १९९९ मा निर्देशकका रुपमा नेपाल पर्यटन बोर्ड प्रवेश गरेका थिए ।आफ्नो नियुक्तिका बारेमा टिप्पणी दिदैं निरौलाले आफूमा अझ ठूलो चुनौती र अभिभारा आएको र बोर्डको बजार रणनीतिलाई पर्यटन क्षेत्रका सरोकारवालाहरुँगको छलफलमा परिमार्जन गर्न लागेको बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु