पर्यटक उल्लेखनीय वृद्वि

२०७१ कार्तिक १५ गते, शनिबार


काठमाडौं, १५ कार्तिक । गत वर्षको तुलनामा यस वर्ष उल्लेखनीयरुपमा पर्यटकको वृद्वि भएको पाटन सङ्ग्रहालयले जनाएको छ ।पर्यटकको आगमन हुने मुख्य सिजनमा यही कात्तिक–मङ्सिरमा गत वर्षको तुलनामा यस वर्ष करिब ३० प्रतिशतले वृद्वि भएको सङ्ग्रहालयका अधिकृत सुरेशमान लाखेंले जानकारी दिए ।यही सिजनमा अहिले करिब ६० हजारको हाराहारीमा पर्यटकको आगमन भएको बताएको छ ।
यस वर्ष करिब रु १२ लाख बराबरको आम्दानी भएको छ जुन गत वर्षको तुलनामा ३० प्रतिशतले वृद्धि भएको सङ्ग्रहालयका अधिकृत लाखेंको दाबी छ ।
सङ्ग्रहालयमा आउने धेरैजसो सार्क मुलुकभन्दा विदेशी नै बढी रहेको छ । यसका साथै आन्तरिक पर्यटकको आगमनसमेत राम्रो रहेको बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार