परीक्षा रोकेरै छाड्ने अस्थायी शिक्षकहरुकाे उदघोष

२०७४ चैत्र ८ गते, बिहीबार

काठमाडौं, ८ चैत । शिक्षक सेवा अायाेगले यहि २३ गतेकाे तोकेको परीक्षा जसरी पनि राेक्ने अस्थायी शिक्षकहरुले चेतावनी दिएका छन् । परिक्षा तत्काल स्थगित गर्नु पर्ने र हाल सम्म नियुक्ति लिएका सबै शिक्षकलाई सामान्य प्रकृया पुर्याएर स्थायी गर्नु पर्ने समितिका केन्द्रीय सचिब तथा कार्यबाहक अध्यक्ष हरिबंश पराजुलिले बताए । २ बुदे माग राखेर शिक्षकहरु अामरण अनशनमा छन् । श्री नेपाल राष्ट्रिय प्रा.बि. काेल्हबि-४ बारा का शिक्षक धर्मेन्द्र ठाकुर र श्री स्याउरि मा बि शिबपुरि ४ नुवाकाेटमा २०७२/११/३० नियुक्त र स्थायि ठेगाना भएका शिक्षक नर बहादुर बस्नेत अामरण अनशनमा छन् ।
शिक्षकहरु अनशनमा हुँदा सरकारले अस्थायि शिक्षककाे अान्तरिक परीक्षा सञ्चालन गर्न नसक्ने समितिका कार्यबाहक अध्यक्ष पराजुलिकाे जिकिर छ । राज्यले पहिले सम्झाैता गरेर झुक्याउने खेल खेलेकाे र अस्थायी शिक्षकलाई खण्ड खण्डमा बिभाजन गरेकाेले अान्दोलन काे बिकल्प नरहेकाे भन्दै पराजुलीले तत्काल सम्बन्धित निकायकाे ध्यानाकर्षण गरे । नभए जस्ताे सुकै अान्दाेलन गर्न तयार रहेकाे उनले बताए ।

प्रतिक्रियाहरु