परासी बजार ठप्प

२०७२ असार २० गते, आईतवार

काठमाडौ, २० असार । विद्युत आपूर्ति नियमित नभएपछि आक्रोशित बनेका स्थानीयवासीले आइतबार नवलपरासीको सदरमुकाम परासी बन्द गराएका छन् ।
अत्याधिक गर्मीका समयमा बढेको लोडसेडिङ्ग, लो–भोल्टेज र अनियमित विद्युत आपूर्तिले जनजीवन कष्टकर बनेको भन्दै उनीहरुले लोडसेडिङ्गको समय घटाएर आपूर्ति सहज बनाउन माग गरेका हुन् ।१५ दिनअघि ज्ञापन पत्र बुझाए पनि माग वेवास्ता गरेको भन्दै बन्दमा उत्रिएका हुन् । बन्दका कारण परासी बजार ठप्प छ ।बन्दको पूर्व सन्ध्यामा हिजो स्थानीयले सदरमुकाम परासीमा मशाल जुलुससमेत प्रदर्शन गरे ।
जुलुस पछि उनीहरुले विद्युत प्राधीकरणको परासीस्थित वितरण तथा ग्राहक शाखा घेराउ गरेका थिए ।दैनिक आठ घण्टा लोडसेडिङ्ग गर्ने भनिएपनि प्राधिकरणले १८ घण्टासम्म विद्युत कटौति गरेको भन्दै स्थानीय आक्रोशित बनेका हुन् । विद्युत प्राधिकरणको वितरण तथा ग्राहक शाखाले भने गण्डक पावरहाउसबाट वितरण हुने पावर कम भएकाले विद्युत नियमित हुन नसकेको जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार