परदेशि – रन्जना लिम्बु

२०७४ पुष ६ गते, बिहीबार

ए परदेशि
अब त फर्कि आउ
हेर त यो जवानिले
ओरालो बाटो ताक्न थाल्यो।
तिम्रो बाटो हेर्दा हेर्दा
आखा पनि थाक्न थाल्यो।
नसेलाउदै यो यौवन को ताप
नमेटिदै त्यो माया को छाप
ए परदेसि
अब त फर्की आउ।
उकाली हरु झनै ठाडिदै गएका छन
तेर्सो बाटो पनि लम्बिदै गएको छ।
तिमि बिना त आजभोली
घर पनि परदेस जस्तै भएको छ।
फुलहरु पनि फुल्दैनन उस्ता
तिमि साथ मा हुदा जस्ता
साथहरु पनि अधुरो अपुरो
तिमिबिना त कस्ता कस्ता?
नपत्याए त्यो सिरानि लाइ सोध
तिम्रो अभाव को साक्षी रहेको छ।
भित्रपट्टि को कपास भिज्दा भिज्दा
डल्लिएर सारो सारो भएको छ
बिल्कुल तिम्रो मन जस्तै…
के तिमिले साच्चै बिर्सिसक्यौ र??
तोते बोल्ने छोरालाइ
ति बुढी आमालाइ
यि बस्तुभाउ लाइ
अनि मलाई
छोरा भन्छ चाहिन्न धेरै चक्लेट अरे,
आमा भन्छिन चाहिन्न नया सारी अरे,
मलाइ पनि बजार को घडेरि किन्नु छैन।
साहु को रिन मात्र तिरेपछी
तिमि देस छिरेपछी
कुटो कोदालो जिवन धानौला
झुपडी लाइ नै महल मानौला
ए परदेसी,
अब त फर्कीआउ
हेर त यो जवानीले
ओरालो बाटो ताक्न थाल्यो
तिम्रो बाटो हेर्दा हेर्दा
आखा पनि थाक्न थाल्यो।

प्रतिक्रियाहरु