पदम राई अबसरबादी नेता !

२०७६ जेष्ठ २० गते, सोमबार

काठमाडौं, २० जेठ । नेपाल कम्युनिस्ट पार्टीले पोलिट्ब्युरो सदस्य पदम राईलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले एक विज्ञप्ति गरी सो जानकारी दिएका हुन् । बिगतमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय जनसरकारका उपप्रमुख पदम राई पार्टीभित्र सुरु देखि नै आलोचित व्यक्ति हुन् । प्रचण्डसंग सम्बन्ध बिच्छेद गरेर पार्टी पुनरगठन गर्दा महाधिबेशन हलको दर्शक दिर्घामा बसेका राई एकाएक मन्चमा प्रवेश गरेका थिए । त्यतिबेलै अधिबेशनमा सहभागी नेता कार्यकताले राई अबसरबादी नेता भएको भन्दै चर्को बिरोध गरेको नेकपाका एक नेताले बताए । रास्ट्रहित र जनहितलाई केन्द्र मानेर क्रान्तिमा जोडिन आउने नेतालाई अपमान गर्न नहुने भन्दै राईको बचाउ गर्दै तत्काल नेताहरुले कार्यकर्तालाई सम्झाएको ति नेताले बताए । राईलाई केन्द्रय जनसरकारका उपप्रमुख जस्तो उप प्रमुखको जिम्मेवारी दिएर क्रान्तिमा सहभागी गराएको नेतृत्व र पार्टीलाई धोखा दिएर गद्दारी गरेको ति नेताले बताए । उनले यस्ता गद्दार नेतालाई नेपालि जनताले कठघरामा उभ्याउने समेत बताए ।
राई हिजो सत्ताधारी नेकपामा प्रवेश गरेका छन । तर तिनै राइले आज भन्दा ठिक एक बर्ष अगाडी दिएको अभिब्यक्त्तिले उनि अबसरबादी नेता भएको पुस्टि गर्दछ । उनै राइले अभिव्यक्ति गत बर्षको जेठ २० गतेको क्षेप्यास्त्र साप्ताहिकले प्रकाशन गरेको समाचार यस्तो रहेछ –
“नेपाल कम्युनिस्ट पार्टीलेअब गाँउगाँउबाट पुरानो सत्ता खालीगर्दै नयाँ सत्ता निर्माण गरेर अघि बढ्ने उद्घोष गरेको छ । नेकपाका केन्द्रय जनसरकारका उपप्रमुख पदम राईले अब गाँउगाँउबाट पुरानो सत्ता खाली गर्दै नयाँ सत्ता निर्माण गरेर अघि बढ्ने उद्घोष गरेका हुन् । क्रान्तिकारी जिल्ला जनपरिषद् रामेछापको प्रथम जिल्ला भेलाको मंगलबार उद्घाटन गर्दै उनले यस्तो उद्घोष गरेका हुन् । राईले जनताको वास्तविक शासन व्यवस्था वैज्ञानिक समाजवाद स्थापना नहुदासम्म सुशासन र समृद्धि नहुने भन्दै अब गाउँ गाउँबाट जनसत्ता विस्तार गर्दै अघि बढ्ने र पुरानो सत्तालाई खालीगर्ने बताए । भेलाले विवेक लामा प्रमुखरहेको १५ सदस्यीय जिल्ला जनपरिषद्गठन गरेको छ ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु