पत्रपत्रिकालाई प्रेस काउन्सिलको नयाँ नियम

२०७६ श्रावण १ गते, बुधबार

काठमाडौं, १ साउन । प्रेस काउन्सिल नेपालले पत्रपत्रिकाहरुको अभिलेखीकरणका सन्दर्भमा नयाँ नियम लागू गरेको छ । प्रेस काउन्सिल आमसञ्चारका माध्यमहरुको अभिलेखीकरण, वर्गीकरण र आचारसंहिता अनुगमन तथा सञ्चारसम्बद्ध झमेला र मुद्धामामिला हेर्दै आएको निकाय हो । काउन्सिलले २०७६ साउन १ देखि पत्रपत्रिकाको ‘डिजिटल हाजिरी अभिलेखीकरण प्रणाली’ लागू गरेको छ । अब पत्रपत्रिकाका प्रकाशकहरूले आफ्ना प्रकाशन अङ्कहरुको पीडीएफ फाइल बनाएर काउन्सिलको ‘पत्रपत्रिका व्यवस्थापन प्रणाली’ मार्फत् अपलोड गरी ‘हाजिरी’ गराउनु पर्नेछ । पत्रपत्रिकाहरूबाट इन्टरनेटको माध्यमबाट उपलब्ध हुने डिजिटल कपी काउन्सिलको सर्भरमा अपलोड भई सोबाट काउन्सिलमा डिजिटल अभिलेख तयार हुनेछ ।
आ.व. २०७६–७७ को साउनदेखि प्रकाशन भएका सम्पूर्ण पत्रपत्रिकाहरू अनिवार्य रूपमा अनलाइनमार्फत् हाजिरी गर्नुपर्ने भन्दै काउन्सिलले सम्बन्धित सबैलाई विज्ञप्तिमार्फत जानकारी गराएको छ । अनलाइन हाजिरी प्रणालीका लागि http://newspapers.presscouncilnepal.org मा लग–अन गरेर सिस्टमभित्र गई पीडीएफ फाइल अपलोड गर्नु पर्नेछ । पहिलो पटक भने सिस्टम प्रयोगकर्ता रजिस्ट्रेसन (युजर रजिस्ट्रेसन) गर्नु पर्दछ ।
यसका लागि काउन्सिलको वेबसाइटबाट प्रयोग गर्ने तरिका (युजर गाइड) डाउनलोड गरी हेर्न सकिनेछ । कुनै समस्या परेमा काउन्सिलको सचिवालयमा खडा गरिएको सहयोग कक्ष (हेल्प डेस्क) वा टेलिफोन नम्बरहरु ४११२६७८, ४११२७९९ तथा मोबाइल नम्बर ९८२३८२९२६३, ९८६०९८२३५८, ९८०८०२६६५२ मा सम्पर्क गरी सहायता लिन सकिने काउन्सिलले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार

२३ प्रहरी सम्पर्कविहीन

२०८० चैत्र १३ गते, मंगलवार