पत्रकार सञ्जय सौगातको ‘अहिलेको तीजमा संगै बसम भो’ सार्वजनिक

२०७२ भाद्र ११ गते, शुक्रबार

काठमाण्डौ । पत्रकार सधै समाजमा राम्रो नराम्रो के भएको छ भन्दै समाचार खोज्दै हिड्छन् र राम्रो नराम्रो जे भएपनि तुरुन्त समाचार बनाइहाल्छनु र छाप्छन । त्यस्तै समाचार छाप्ने पत्रकार मध्येका एक पत्रकार सञ्जय सौगात अहिले आफै समाचारको पात्र बनेका छन । बुटवलमा रहेर लामो समयदेखि निरन्तर रंग पत्रकारीता गर्दै आएका पत्रकार संजय सौगातले गायिका शान्ता परियारलाई संगै बस्ने प्रस्ताव गरेपछि पत्रकारीता क्षेत्रमा मात्रै होईन रंगिन दुनियामा चर्चा हुन थालेको छ । बुटवलको बुटवल टुडे दैनिकका उपसम्पादकको रुपमा कार्यरत पत्रकार सौगातले गायिका शान्ता परियारलाई यो तीजमा संगै बसम भनेर प्रस्ताव गरेका छन् । उनको यो प्रस्ताव वास्तविक नभई मात्र सांगितिक रुपमा मात्रै भएको हो । केही समय अघि गायिका पुर्णकला वि.सी संग रसै चाख्नलाई बोलको गीत गाएर चर्चामा आएका पत्रकार सौगातले यस पटक भने गायिका शान्ता परियारलाई तीजको गीत मार्फत संगै बस्ने प्रस्ताव गरेका छन् ।
सौगात र गायिका परियारको स्वर रहेको तीजको गीत ‘अहिलेको तीजमा संगै बसम भो’ विहीबार मात्रै म्यूजिक नेपालको यूटयूव च्यानल मार्फत सार्वजनिक भएको छ ।
सौगातले आफ्नो पहिलो लोकदोहोरी एल्वम ‘रसै चाख्नलाई’ को सफलतापछि यो तीजको कोशेली बजारमा ल्याएका हुन । पहिलो एल्वमलाई नै दर्शक श्रोताले धेरै माया गरिदिएको र त्यसैको सफलताबाट हौसिएर तीजको कोशेली पनि दर्शक श्रोतामाझ ल्याउन सफल भएको गायक सौगातले बताए ।
टि टाईम म्यूजिक प्रा.लिबाट मार्फत बजारमा आएको उक्त गितमा सञ्जय सौगात र शान्ता परियारले स्वर सजाएका छन् भने गीतको संगित गायक स्वय सौगातले नै गरेका हुन । त्यस्तै गीतको शब्द आलोक वि.सीले लेखेका हुन भने संगित संयोजक पुष्कर सुनुवारले गरेका हु्न ।
पाल्पाको तानसेनमा छायाकन गरिएको गीतको म्यूजिक भिडियोको निर्देशन पुरन गाहाले गरेका हुन भने छायाकंन सम्पादन सन्तोष बस्याल र पोष्ट प्रोडक्सन यूनिक मुभिज बुटवल रहेको छ । म्यूजिक भिडियोमा वविता जालन्धर र प्रेम गुरुङको अभिनय रहेको छ ।

प्रतिक्रियाहरु