पत्रकार प्रकाश डुम्रे प्रेसमिट स्थलबाटै गिरफ्तार

२०७४ मंसिर ५ गते, मंगलवार

काठमाडौँ, ५ मंसिर । प्रहरीले पत्रकार प्रकाश डुम्रेलाई गिरफ्तार गरेको छ । रुपन्देही एमाले र माअाेवादी केन्द्रले जिल्ला पार्टी कार्यालय बुटवलमा अायाेजना गरेकाे समंयुक्त पत्रकार सम्मलेनकाे रिपाेर्टिङका लागि पुगेका पत्रकार डुम्रेलार्इ प्रहरीले पत्रकार सम्मेलन स्थलबाटै गिरफ्तार गरेकाे हाे । गर्जन पाेष्ट साप्ताहिकका प्रधान सम्पादक डुम्रे नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका कार्यसमिति सदस्य समेत हुन् ।
प्रेस स्वतन्त्रताको धज्जी उडाउदै पत्रकारमाथि धरपकड गरेर गिरफ्तार गरेको भन्दै नेपाल पत्रकार महासंघ,रुपन्देही साखाले आपत्ति जनाएको छ । महासंघले डुम्रेको तत्काल रिहाइको माग समेत गरेको छ । यता क्रान्तिकारी पत्रकार संगठन नेपालले आफ्ना लुम्बिनी ब्युरो संयोजक पत्रकार डुम्रेलाई गिरफ्तार गरेको भन्दै घोर भत्सर्ना गरेकाे छ ।
नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सचिव समेत रहेका अध्यक्ष चलाउनेले डुम्रेसहित गिरफ्तार गरिएका सबै पत्रकारहरुकाे स-सम्मान रिहाइको माग गरेका छन् । पत्रकार डुम्रे क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सदस्य तथा लुम्बिनी ब्युरो संयोजक समेत हुन् । प्रहरीले डुम्रेसहित देशभरबाट ८ जना पत्रकारहरुलाई गिरफ्तार गरेर हिरासतमा राखेको छ ।

प्रतिक्रियाहरु