पत्रकार थपलिया रिहा

२०७४ मंसिर २५ गते, सोमबार

काठमाडौं, २५ मंसिर । पत्रकार खेम थपलिया रिहा भएका छन् । प्रहरीले पत्रकार थपलीयालाई मंसिर १ गते काठमाण्डौंका बागबजारबाट पक्राउ गरेको थियो । थपलियाको गिरफ्तारी गैरकानुनी भएको भन्दै नेपाल पत्रकार महासंघकाे तर्फबाट केन्द्रीय सदस्य जन्मदेव जैसीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणकाे रिट दायर गरेका थिए । सर्वोच्चले कारण देखाउ अादेश गरेकाे ६ दिनपछि थपलिया रिहा भएका हुन् ।
प्रगतिशील लेखक संघको कार्यक्रममा सहभागि भएर फर्कदै गर्दा बागबजारबाट थपलियालाई गिरफ्तार गरेको थियो । थपलियालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले सामान्य धरौटीमा रिह गरेको हो ।
थपलियालाई स्वागत गर्दै जैसीले बिना कारण गिरफ्तार गरी २५ दिनकाे हिराशतमा राखिनु राज्यकाे नालायकीपन भएको बताए । उनले बाँकी पत्रकारको पनि तत्‍काल रिहा गर्न माग गरेका छन् । सरकारले प्रेसप्रतिको अनुदार रवैया जारी राखे महासंघ अान्दाेलनमा उत्रन बाध्य हुने जैसीले चेतावनी समेत दिए ।
रिहाई भएपछि छोटो प्रतिक्रिया दिँदै पत्रकार थपलिया अाफ्नो रिहाईको लागि पहल गर्ने सबैलाई धन्यवाद दिएका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु