पत्रकार खसोग्गी दुतावासभित्र मारिएको साउदीद्धारा स्वीकार

२०७५ कार्तिक ३ गते, शनिबार

काठमाडौं , ३ कार्तिक । २ अक्टोबरमा साउदी दुतावासमा पसे पछि वेपत्ता भएका वासिग्टन पोष्टका लागि काम गर्ने साउदी अरबका पत्रकार जमाल खसोग्गीको दुतावास भित्रै मृत्यु भएके साउदीले स्वीकार गरेको छ ।
साउदीको सरकारी टेलिभिजनले उक्त हत्या स्वीकार गर्दै रिपोर्ट सार्वजनिक गरेको छ । साउदीको वाणिज्य दुतावासमा आपसी झगडा पछि उनको मृत्यु भएको स्वीकार गरिएको हो ।
यो सगै साउदीले ईन्टेलिजेन्स अफिसर, क्राउन प्रिन्सका सहयोगी सहित लाई बर्खास्त गरेको छ भने घटनामा संलग्नको आशकामा १८ जनालाई हिरासतमा लिएको छ ।
उनको शब कहाँ राखिएको छ भन्ने अझै पत्ता लागेको छैन । आफ्नी पुरानीश्रीमतिसगँ भेट भएको र पुनर्विवाहका लागि कागजपत्र मिलाउन दुतावास गएका बेला उनी मारिएका थिए । उनी साउदीका राजकुमारका आलोचक एवं स्वतन्त्र मिडियाका पक्षधर मानिन्थे । उनी एक वर्षदेखि अमेरीकामा रहदै आएका थिए ।

प्रतिक्रियाहरु