पत्रकार खनालको निधन

२०७५ श्रावण ४ गते, शुक्रबार

काठमाडौँ, ४ साउन । नयाँ कामना साप्ताहिकका प्रधानसम्पादक एवं साहित्यकार गोपीकृष्ण खनालको दुर्घटनामा परी निधन भएको छ । बिहीबार दिउँसो ३ः३० बजे सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि बिर्तामोडको बीएण्डसी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा गएराति खनालको निधन भएको उहाँका भतिजा भानुभक्त खनालले जानकारी दिए ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बिर्तामोड–२ रामचोकमा साइकलमा यात्रारत उनलाई मे१ज ६५८ नंको जीपले पछाडिबाट ठाक्कर दिएको थियो । ठक्कर दिने जीपका चालक र सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ । मृतकको शवलाई कनकाई नदीमा आजै दिउँसो अन्त्येष्टि गरिने भएको छ ।
विसं २००४ पुस २९ गते तेह्रथुम जिल्लाको खाम्लालुङ गाविस वडा नं ९ सामथाङमा जन्मिनुभएका खनालको बिर्तामोड–४ बसोबास थियो ।
उनले लामो समयसम्म नयाँ कामना साप्ताहिक पत्रकारको प्रधानसम्पादक भएर पत्रिका प्रकाशन गरेका थिए भने मेरो अमेरिका यात्रा र बेलाबेलाको बोली नामक दुई वटा कृति प्रकाशित छन । उनका एक श्रीमती र दुई छोरा छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार

२३ प्रहरी सम्पर्कविहीन

२०८० चैत्र १३ गते, मंगलवार