पत्रकार उमाकान्तको कोठामा प्रहरीको छापा

२०७५ श्रावण ३० गते, बुधबार

काठमाण्डौ, ३० साउन । क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रीय सदस्य उमाकान्त शर्माको कोठामा प्रहरीले छापा मारेको छ । नमस्ते पोष्टको सम्पादक रहेका केन्द्रीय सदस्य शर्माको काठमाण्डौंको लैनचौरमा हरेको कोठामा प्रहरीले छापा मारेको हो । हिजो दिउँसो प्रहरीले छापा मारेर आफ्नो डायरी, कागजपत्र किताबहरु लगेको केन्द्रीय सदस्य शर्माले जानकारी दिए । प्रहरीले विनाकारण छापा मारेको भन्दै उनले आपत्ति जनाएका छन । यो घटनासँगै केपि ओली नेतृत्वको सरकारले पुनः सन्चारकर्मीलाई निशाना बनाउन थालेको प्रष्ठ भएको छ ।
यसअघि तीन तहको निर्वाचनका बेला पनि समाचार लेखेकै आधारमा दर्जन बढी प्रत्रकारहरुलाई गिरफ्तार गरि हिरासतमा राखेको थियो । अहिले पनि समाचार लेखेको र राजनितिक आस्थाकै आधारमा प्रसासनले माथिको आदेश भन्दै पत्रकारको घर तथा कोठाहरुमा छापा मार्ने र दुख दिने काम सुरु गरेको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु