पत्रकारलाई आतंकवादीलाई सहयोग गरेको मुद्दा

२०७४ श्रावण ९ गते, सोमबार

काठमाडौं, ९ साउन । टर्कीमा आतंकवादी संगठनलाई सहयोग गरेको आरोपमा १७ पत्रकारविरुद्ध मुद्दा चलाइएको छ । विपक्षीले सन्चालन गरेको पत्रिका ‘कमहुर्रियत’का पत्रकार र म्यानेजरले मुद्दा खेप्नु परेको हो । दोषी पाइए उनीहरुलाई ४३ वर्षसम्मको जेल सजाय हुनेछ । उनीहरुलाई अत्यन्तै कडा निगरानीमा राखिएको छ भने पारिवारिक भेटघाटमा समेत अवरोध गरिएको छ । इस्तानबुलको अदालत बाहिर जम्मा भएका समर्थकहरुले उनीहरुको रिहाइको माग गरेका छन् ।
गतवर्षको असफल सैन्य ‘कू’पछि शक्ति एकत्रित गरेका राष्ट्रपति रिसेप तैयप अर्दोगानले आफूविरुद्ध विचार राख्ने सबैजसोलाई आतंकवादीको आरोपमा धरपकड गर्दै वेपत्ता बनाउने काम गरिहेकामा सर्वत्र आलोचना भइरहेको छ । टर्किस् सन्चारमाध्यमका १ सय ५० प्रकाशन बन्द गराइएको छ भने सयौँ मानवअधिकार रक्षकहरुलाई नियन्त्रणमा लिइएको छ । टर्की पछिल्लो समय सबैभन्दा बढी पत्रकारलाई आतंकवादी मुद्दा लगाएर जेल हाल्ने मुलुकको सूचीमा परेको छ । –
एजेन्सी

प्रतिक्रियाहरु