‘ पत्रकारमाथिको दमन रोक्न आन्दोलन अपरिहार्य ‘

२०७६ बैशाख २९ गते, आईतवार

काठमाडौं, २८ बैशाख । जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले संसदमा दर्ता भएको मिडिया काउन्सिल सम्बन्धी विधेयक फिर्ता गराउन यो र उ नभनी सबै पत्रकारहरु आन्दोलनमा जानुको विकल्प नरहेको बताएका छन् । शनिबार रिपोर्टस क्लबले काठमाडौंमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष डुम्रेले विधेयक फिर्ता गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न सरकारलाई अनुरोध समेत गरेका हुन् । दिनप्रतिदिन पत्रकारहरुको धरपकड र गिरफ्तारी प्रति कडा आक्रोस समेत पोख्दै डुम्रेले सरकारले सविधान प्रदत्त अधिकार खोसेर पत्रकार तथा नागरिक माथि घेराबन्दी गर्न खोज्नु दुखद भएको बताए । मन्त्री परिषदबाट पारित भएर संसदमा वैशाख २६ गते दर्ता भएको मिडिया काउन्सिल सम्बन्धी विधेयकका प्रावधानप्रति देशभरका पत्रकारहरु आन्दोलनमा उत्रिनु पर्ने भन्दै उनले पत्रकारले ढुक्क संग कलम चलाउन नपाउनु यो कस्तो लोकतन्त्र हो ? भन्दै प्रतिप्रश्न गरेका थिए ।
कार्यक्रम अध्यक्ष डुम्रेले पत्रकारहरु रेडियोको स्टुडियो, पत्रिकाको कार्यलय, रिपोर्टिङ स्थलबाट गिरफ्तारी गरी राजद्रोह र संगठित अपराधको मुद्दा लगाउनुले लोकतान्त्रिक व्यवस्थाको भद्दा मजाक भएको जिकिर गरे । उनलेे पत्रकारहरु कसरी कलम चलाएका छन् ? कसरी दैनिकी गुजारा चलाएका छन् ? त्यो प्रति सरकार गम्भीर नबनेर उल्टो विभिन्न ऐन नियम बनाएर प्रेस जगतको घाटि निमोठ्न खोज्नुले पञ्चायतकालको स्मरण गराएको बताए । उनले पत्रकारहरु न्युनतम पारीश्रामिक समेत नपाएर पेशाबाटै हात धुनुपर्ने अवस्थामा उल्टो प्रेस विरोधी विधेयक ल्याएर समग्र पत्रकारितालाई कमजोर गराउन नहुने बताए । डुम्रेले नेपाल पत्रकार महासंघ लगाएत सबै पत्रकार संघ संगठनहरु संगै जनपत्रकार संगठन पनि आन्दोलनमा जाने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्ट, प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस संगठनका अध्यक्ष महेश्वर दाहाल लगाएतको उपस्थिति रहेको थियोे ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार