पत्रकारद्वारा संसद भवन बाहिर विरोध प्रदर्शन

२०७६ जेष्ठ ३ गते, शुक्रबार

काठमाडौं, ३ जेठ । नेपाल पत्रकार महासंघले सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयकविरुद्ध काठमाडौंको संसद भवन बाहिर विरोध प्रदर्शन गरेको छ । शुक्रबार काठमाडौँको नयाँ बानेश्वर स्थित संसद भवन बाहिर विभिन्न सञ्चारमाध्यमका पत्रकारहरुले सञ्चार सामग्री सहित बिरोध प्रर्दशन गरेका हुन् । प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी सरकारले संसदमा पेश गरेको विधयेकका प्रेस स्वतन्त्रता बिरोधी बुँदा तत्काल संशोधन गर्न माग नयाँबानेश्वरमा आयोजित विरोध कार्यक्रम गरी सरकारलाई माग गरेका छन् । प्रेस स्वतन्त्रता जिन्दावाद, प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर पत्रकारले समाचार लेख्नेकी सत्ताको भजन जस्ता नारा लगाएर विरोध तथा प्रदर्शन गरेका छन् ।
महासंघले पहिलो चरणको आन्दोलन सुरु भएको एक हप्तासम्म प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी कानुन संशोधन वा फिर्ता नगरे थप आन्दोलन गर्ने चेतावनी दिएको छ । महासंघको आव्हानमा ७७ जिल्लामै पत्रकारहरुले विरोध प्रदर्शन गरेका छन् ।

प्रतिक्रियाहरु