पत्रकारमाथिको झुट्टा मुद्धा खारेज गर : प्रकाण्ड

२०७१ फाल्गुन १९ गते, मंगलवार

काठमाडौँ । नेकपा माओवादीका प्रवक्ता प्रकाण्डले नेपालगञ्जमा कार्यरत पत्रकार तिलक गाउँले र क्षेत्रनाथ देवकोटा विरुद्ध लगाइएको झुटा मुद्धा खारेजीको माग गरेका छन ।‘समाचार संकलनको क्रममा पत्रकारलाई अवरोध गर्नु वा उनीहरुले संकलन गरेको समाचार आफ्नो हित विपरित हुने भएपछि झुट्टा मुद्धा लगाइनु आपत्तिजनक कार्य हो’, पार्टीका प्रवक्ता प्रकाण्डद्वारा मंगलबार जारी पे्रस विज्ञाप्तीमा अगाडि भिनएको छ, ‘यो कार्य पे्रस स्वतन्त्रता र जनतालाई सूचनाबाट सूसुचित हुन पाउँने अधिकारमाथिको हस्तक्षप भएको हाम्रो पार्टीको ठहर छ । यस्ता कार्य तुरुन्त बन्द गरिनुपर्छ ।’ उसले झुट्टा मुद्धा खारेजीको माग गर्दै पत्रकार, मावन अधिकारवादी र सरोकारवाला संघ संगठनले गरेको आन्दोलनप्रति आफ्नो पार्टीको एक्यबद्धता जाहेर समेत गरेको छ । ‘झुट्टा मुद्धा खारेजीको लागि पत्रकार, मानव अधिकारवादी र अन्य सरोकारवाला संघ÷संगठनहरुले गरेको आन्दोलनप्रति हाम्रो पार्टी एक्वबद्धता जाहेर गर्दछ’ विज्ञाप्तीमा भनिएको छ । गाउँले र देवकोटामाथिको वारेन्ट खोरेजी गर्दै झुट्टा मुद्धामा फसाउने कार्य तत्तकाल गरि सहज वातावरण बनाउन माग पनि गरेको छ । ‘पत्रकारद्वय गाउँले र देवकोटामाथिको वारेन्ट खारेजी गरि झुटा मुद्धामा फसाउने षड्यन्त्र कार्य तत्काल बन्द गर्न र पत्रकारलाई रुपमा समाचार संकलन र सम्पे्रशणलाई सहज वातावरण बनाउनु हाम्रो पार्टी सम्बन्धित पक्षसँग माग गर्दछ’ विज्ञाप्तीमा भनिएको छ ।

प्रतिक्रियाहरु