पण्डितपुरमा पुरातात्विक समान फेला परे

२०७२ जेष्ठ १२ गते, मंगलवार

काठमाडौ, १२ जेठ ।भगवान् गौतम बुद्धको मावलीस्थल कोलिया राज्यको नवलपरासीको पण्डितपुरमा चौथो चरणको उत्खननका क्रममा फेला परेका प्राचीन बहुमूल्य वस्तु सोमबार एक कार्यक्रमबीच सार्वजनिक गरेको छ ।नवलपरासीको बन्जरिया–९ स्थित पण्डितपुरलाई प्राचीन महत्व बोकेको कोलिया गणराज्यको राजधानी भएको थप पुष्टिका लागि पुरातत्व विभागको प्राविधिक टोलीले करिब १५ दिन उत्खनन कार्य गरी भेटाइएको प्राचीन वस्तुलाई पत्रकारसम्मेलनमार्फत सार्वजनिक गरेको हो ।
हाल पण्डितपुरको ६० बिगाहा जग्गामा फैलिएको कोलियो गणराज्यको उत्खनन गर्दा मौर्यकालीन खाल्टो, मानव मूर्ति, पशु मूर्ति, टेराकोटा ९टिसी०, टिसी विट, माटोको चरा, कार्ने लियन बिड, स्टोन विड, रेडवे, एनविपी वेयर, ग्रेवयर, रुपटायल, इँटाहरुलगायत प्राचीन वस्तु फेला परेका छन् ।
मौर्यकालमा बनेको इनारको पनि फेला परेको पुरातत्व विभागका पुरातत्व अधिकृत भास्कर ज्ञवालीले जानकारी दिए । उत्खननमा फेला परेको वस्तुले यसको सम्बन्ध रामग्राम स्तुपबाट रहेको पुष्टि हुने खालको प्राचीन वस्तुहरु फेला परिसकेको टोलीले जनाएको छ ।

प्रतिक्रियाहरु