पटका कारखानामा विस्फोट : २३ को मृत्यु, २७ घाइते

२०७६ भाद्र १९ गते, बिहीबार

काठमाडाैँ, १९ भदाै । भारतको एक पटका कारखानामा विस्फोट हुदा कम्तीमा २३ जनाको मृत्यु भएको भारतीय समाचार माध्यमले जनाएका छन् भने अन्य २७ जना घाइते भएकाे बताइएकाे छ । याे विस्फाेटन सन् २०१७ पछिकै ठूलाे मानिएकाे छ । ५० जना मजदुरहरूकाे कारखाना भवनकाे भत्किदा गाडिएका कारणा मृतककाे संख्या अझै बढ्न सक्ने जनाइएकाे छ । घाइतेमध्ये १४ काे अवस्था झनै गम्भीर रहेकाे बताइएकाे छ । घटना बेलुका ४ बजेतिर भएकाे हाे ।विस्फाेटकाे अावाज कारखानाबाट केहि किलाेमिटर पर सम्मसमेत सुनिएकाे जनाइएकाे छ।
देशको उत्तरी राज्य पञ्जावमा रहेको एउटा पटाका उद्योगमा आगलागी भएको सञ्चारमाध्यमहरुले बुधबार उल्लेख गरेका छन् ।
पञ्जावको गुर्दासपुरअन्तर्गत पर्ने बाटला क्षेत्रमा घटना भएको हो । घटनास्थलमा प्रहरी, अग्नि नियन्त्रक, स्वयम्सेवक, स्थानीय बासिन्दालगायतले आगो निभाउने प्रयास गरेका थिए । घटनाका बारेमा पर्याप्त विवरण आउन भने बाँकी नै रहेको छ । -एजेन्सी

प्रतिक्रियाहरु