पचास बर्ष लामो सशस्त्र द्वन्द्व अन्त्य

२०७३ भाद्र ९ गते, बिहीबार

काठमाडौं, ९ भदौ । कोलम्बियामा सरकार र फार्क बिद्रोहीबीच शान्ति सम्झौता भएपछि पचास बर्ष लामो सशस्त्र द्वन्द्व अन्त्य भएको छ । चार वर्ष लामो वार्तापछि कोलम्बिया सरकार र फार्क बिद्रोहीले शान्ति सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सरकारी र विद्रोही दुवै पक्षले वार्ताका मध्यस्तकर्ता क्युवा र नर्वेका प्रतिनिधिको उपस्थितिमा शान्ति सम्झौतामा हस्ताक्षर गरेका हुन् । सरकारी तथा फार्क बिद्रोहीका प्रतिनिधिले राजधानी हवानामा आफूहरु समहतिमा पुगेको र अब पाँच दशक भन्दा लामो समयदेखि चलिरहेको संघर्ष अन्त्य हुने बताएको समाचार संस्था रोयर्टसको भनाई उदृत गर्दै वीवीसीले लेखेको छ । कोलिम्बयामा चलेको फार्क संघर्षको क्रममा झण्डै दुई लाख २० जना मानिसको मृत्यु भइसकेको छ ।

प्रतिक्रियाहरु