पक्की पुल बाढीले बगायो, बजारवासीको भागदौड

२०७५ भाद्र ३ गते, आईतवार

काठमाडौं, ३ भदौ । शनिबार आएको बाढीले अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको बाह्रबिसे नजिकै खोर्सानीबारीमा रहेको पक्की पुल पूर्ण रुपमा बाढीले बगाएको छ । बाढी बजारमा पसेपछि बजार बगरमय बनेको छ । शुक्रबार केही क्षतिग्रस्त बनेको पुलमा सवारी साधन चलाउन रोक लगाइएको थियो तर शनिबारको बाढीले भने पुल पूर्णरुपले बगाएको छ । राती एकाएक बाढी बाह्रबिसे बजारमा पसेपछि बजारवासीको भागदौड मच्चिएको थियो । पुल बगाएसँगै बाह्रविसे नगरपालिका र भोटेकोशी गाउँपालिकामा आवतजावत ठप्प भएको छ । पुलको वैकल्पिक व्यवस्थाका लागि प्रयास भइरहेको बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार