न्यौपाने र बोहरालाई पत्रकारिता पुरस्कार

२०७३ मंसिर १५ गते, बुधबार

काठमाडौं, १५ मंसिर । यस वर्षको ‘प्रेस काउन्सिल–सानिमा बैङ्क राष्ट्रिय पत्रकारिता पुरस्कार’ मरणोपरान्त सञ्जय न्यौपाने र कर्ण बोहरालाई प्रदान गरिने भएको छ । प्रेस काउन्सिल–सानिमा बैङ्क राष्ट्रिय पत्रकारिता पुरस्कार छनोट समितिले यस वर्षको ‘प्रेस काउन्सिल–सानिमा बैङ्क राष्ट्रिय पत्रकारिता पुरस्कार’ मरणोपरान्त सञ्जय न्यौपाने र कर्ण बोहरालाई प्रदान गर्ने निर्णय गरेको जानकारी काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले बताए । उनका अनुसार, पाँच लाख रुपियाँ राशिको सो पुरस्कार दुवै पत्रकारका परिवारलाई संयुक्त रूपमा प्रदान गरिनेछ ।
काउन्सिलका अध्यक्ष कार्कीको संयोजकत्वमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा. महेन्द्र विष्ट र सानिमा बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल सदस्य तथा काउन्सिलका मुख्य अधिकृत झविन्द्र भूसाल सदस्य सचिव रहेको पुरस्कार छनोट समितिले मङ्गबार सर्वसम्मतिले सो निर्णय गरेको हो । चाडै नै एक कार्यक्रमको आयोजना गरी सो पुरस्कार प्रदान गरिने काउन्सिलले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु