न्यायाधीवक्ता निरौला ८० हजार घुससहित पक्राउ

२०७५ मंसिर ४ गते, मंगलवार

काठमाडौ, ३ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सरकारी वकिलको कार्यालय रुपन्देहीका जिल्ला न्यायाधीवक्ता कोषहरि निरौलालाई ८० हजार घुससहित पक्राउ गरेको छ । अहिले अख्तियारको टोलीले निरौलामाथि अनुसन्धान गरिरहेको छ ।
यसैबीच मुद्दा मिलाईदिने भन्दै सेवाग्राहीसँग लिएको अवैध रकम ८० हजारसहित पक्राउ परेका रुपन्देहीका जिल्ला न्यायाधीवक्ता निरौलालाई काठमाडौं ल्याइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काठमाडौंको टोलीले निरौलालाई आज पौने १२ बजे घुससहित सरकारी वकिलको कार्यालय भैरहवाबाट पक्राउ गरेको थियो । पक्राउ परेपछि उनीमाथि कार्यालयमा नै थप अनुसन्धान गरिएको अख्तियार प्रवक्ता रामेश्वर डङ्गोलले जानकारी दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु