न्याम्समा पदाधिकारी नियुक्ति

२०७१ श्रावण २५ गते, आईतवार

काठमाडौं ,२५ साउन। वीर अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका पदाधिकारी नियुक्त भएका छन् । प्रतिष्ठानका उपकुलपति एवं स्वास्थ्यमन्त्री खगराज अधिकारीले आइतबार अपराहृन पदाधिकारी नियुक्त गरेका हुन् ।
शिक्षाध्यक्षमा रंगबहादुर बस्नेत, रजिष्टारमा प्रा. डा. किरण मानन्धर, डीनमा यहुनचन्द्र शिवकोटी र निर्देशकमा स्वयमप्रकाश पण्डितलाई नियुक्त गरेका छन् । नवनिर्वाचित पदाधिकारीले आइतबार नै पद तथा गोपनियताको सपथ लिएका छन् ।
स्रोतका अनुसार कांग्रेस र एमालेबीच भागवण्डाका आधारमा पदाधिकारी नियुक्त गरिएको हो । एमाले कोटाबाट उपकुलपति गुरुङसँगै शिक्षाध्यक्ष बस्नेत र डीन शिवकोटी नियुक्त भएका छन् भने कांग्रेसको कोटामा रजिष्टार र निर्देशक परेको छ । कांग्रेसकै कोटाबाट भुपेन्द्र बस्नेत कार्यकारी सदस्य बनेका छन् ।
नवनियुक्त पदाधिकारीहरुलाई स्वास्थ्यमन्त्री अधिकारीले वीरलाई जारी हडताल रोक्न पहल गर्न निर्देशन दिएका छन् ।न्याम्समा पदाधिकारी नियुक्ति, वीरमा अत्यावश्यकीय उपकरणा उपलब्ध गराउनु पर्ने लगायतका माग राख्दै आवासीय चिकित्सकहरू आन्दोलनमा छन् ।

प्रतिक्रियाहरु