नौविसे–नागढुङगा सुरुङमार्गको काम सुरु हुदै

२०७६ भाद्र ९ गते, सोमबार

काठमाडौं, ९ भदौ । नौविसे–नागढुङ्गा सडक–खण्डमा निर्माण गर्न लागिएको सुरुङमार्गको काम भदौ १७ गतेबाट सुरु हुने भएको
बताइएको छ । तीन वर्ष ६ महिनामा निर्माण सक्ने गरी सरकारले यसै साता जापान सरकारसँग सम्झौता गर्ने तयारी गरेको छ । यसबाहेक सडक विभागले अन्य ११ वटा सडकमा सुरुङमार्ग निर्माणका लागि डिपिआर तयार गर्न ५८ करोड रुपैयाँ विनियोजन गरेको छ । नेपालकै पहिलो सडक सुरुङमार्ग नौविसे नागढुङगा–सडकखण्ड अन्तर्गत बस्नेतछाप नजिकैको दह चोकदेखि–सिस्नेखोलासम्म २ दशमलव ७ किलोमिटर सुरुङमार्ग निर्माणको काम यही भदौ १७ गते बाट शुरु हुने भएको छ । सडक विभागका अनुसार यसैसाता जापानसरकारसँग सझौता भएपछि भदौ १७ गते देखि प्रारम्भिक काम सुरु हुने छ । यो सुरुङ मार्गका लागि जापान सरकारले २२ अर्ब रुपैयाँ लगानी गर्न लागेको छ ।
९ दशमलव ५ मिटर र्चाडाई र १८ फिट उचाईको यो सुरुङमार्ग साढे तीन वर्षमा सक्ने लक्ष्य राखिएको छ । सम्झौता पछि जापानले भदौ १७ गते बाट विष्फोटक पदार्थ आयात गर्ने र सुरुङ खन्न आवश्यक कर्मचारी र मेशिनल्याउन सुरु गर्ने सडक विभागले जनाएको छ ।
यसबाहेक सडक विभागले अन्य ११ स्थानमा सुरुङ मार्ग बनाउनका लागि डिपिआर तयार गर्ने सम्बन्धि अध्ययन पनि शुरु गरेको छ । टोखा–छहरे गुर्जेभञ्ज्याङ, विपी राजमार्ग अन्र्तगर्त खुरकोट चियाबारी, गणेशमान सिंह मार्गको थानकोट–चित्लाङ, बिपीनगर–खुटिया–दिपायल, र गोदावारी कुण्ड–काभ्रे मानेचौर लगायतका सडकमा सुरुङ मार्ग निर्माणका लागि डिपिआर तयार गर्न प्रारम्भिक अध्ययन शुरु गरेको हो । त्यस्तै बुटवल–पाल्पा सडक खण्डमा बन्ने सिद्धबाबा सुरुङमार्गको डीपीआर तयार गरी टेण्डर प्रक्रिया समेत अघि बढाउने तयारी सडक विभागको छ ।

सडक विभागले विभिन्न सडकमा सुरुङ मार्ग निर्माण गर्नका लागि प्रारम्भिक अध्ययन थालेपनि जनशक्ति अभाव रहेको जनाएको छ । विभागले विभिन्न सडकमा सुरुङमार्ग निर्माण गर्न सके दिर्घकालिन हिसाबले सस्तो पर्ने भएकाले डिपिआर निर्माणको कामलाई तिब्रता दिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु