ने.क.पा. नेत्री बन्दनाको निधन

२०७७ जेष्ठ १३ गते, मंगलवार


काठमाडौं , १३ जेठ । नेपाल कम्युनिस्ट पार्टीको पूर्व केन्द्रीय सदस्य तथा अखिल नेपाल किसान संघ क्रान्तिकारीकाे पूर्वकेन्द्रीय अध्यक्ष सबिता सिंह ‘बन्दना’को निधन भएको छ । लामो समयदेखि बाथ रोगबाट पीडित बन्दनाको सोमबार साँझ भारतकी दिल्लीमा निधन भएको हो । जाजरकोट स्थायी घर भएकी बन्दना सानै उमेरमा जनयुद्धमा सामेल भएकी थिइन् । जनयुद्धमा महिला नेतृकी रुपमा विभिन्‍न जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । विद्रोही स्वाभावकी बन्दना महिला तथा वर्गीय मुक्तिको हरेक मोर्चामा सफल‍ हुँदै आएकी थिइन् । सविताका बुवाले पनि जनयुद्धकै क्रममा सहादत प्राप्त गरेका थिए। जनयुद्धकै क्रममा रामलाल विश्‍वकर्मासँग जनवादी विवाह गरेकी उनका श्रीमान् राष्ट्रिय दलित आयाेगका पूर्वअध्यक्ष बनेर काम गरिसकेका छन् भने ने.क.पा. निकट दलित मुक्ति मोर्चा नेपालको वर्तमान महासचिव हुन् । उनको एक छोरा रहेका छन्।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार