ने.क.पा.द्वारा जनयुद्वमा कब्जा गरिएका जग्गा पुनः कब्जा

२०७६ भाद्र १ गते, आईतवार

काठमाडौं, १ भदौ । नेपाल कम्युनिस्ट पार्टीले जनयुद्वकालमा तत्कालिन माओवादीले सल्यानमा कब्जा गरेका घरजग्गालाई पुनः कब्जा गर्ने जनाएको छ । शान्ति प्रकृयामा आइसकेपछि कब्जा गरिएका घर जग्गालाई प्रचण्ड बाबुरामले फिर्ता गरेको भन्दै विप्लव नेकपाले फेरी कब्जा गर्ने जनाएको हो । जसको पहिलो निशानामा खैराबाङ मन्दिरको गुठीको जग्गा परेको छ । छत्रेश्वरी गाउँपालिका ६ लान्तीमा रहेको ६ रोपनी खैराबाङ मन्दिरको नामको जग्गालाई नेकपाको जिल्ला जनपरिषद् सल्यानले शनिबार आफ्नो नियन्त्रणमा लिएको जनाएको छ ।
जनपरिषद्ले कालो ब्यानर राखेर भनेको छ, ‘परिवर्तनकारी जनतालाई हाम्रो सलाम, दलाल, भ्रष्ट, भुमाफिया हाम्रो निशानी, जनयुद्वको क्रममा कब्जा गरिएका सबै जग्गा पुन जनपरिषद् नेपालले आजको मितीदेखि आफ्नो नियान्त्रणमा लिएको जानकारी गराउदछौँ ।’ उक्त जग्गा कसैले विक्रि वितरण गरेका आफुहरुले कारबाही गर्ने जनपरिषद्ले जनाएको छ । अहिले यो जग्गालाई वार्षिक १३ हजार भाडा तिरेर एक व्यक्तीले खेतिपाती गर्दै आएको खैराबाङ मन्दिर समितीेले जनाएको छ । खैराबाङ मन्दिरको गुठी सल्यान सँगै अन्य जिल्लामा भएको केहि तथ्य पाइएपनि केहिको पहिचान भएको छ भने केहिको भएको छैन् ।
यसैबिच नेकपा सल्यानका सेक्रेटरी लोक्पाल केसीले जनयुद्वमा कब्जा गरिएका घरजग्गा सल्यानमा थुप्रै भएको बताए । उनले अब ती सबैलाई आफुहरु सहित जनताले पुनः कब्जामा लिने बताए । आफुले कब्जा गरिएका उक्त जग्गालाई के गर्ने भन्नेबारे पार्टीको केन्द्रीय निर्णय पछि मात्रै भन्न सकिने उनको भनाई छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु