ने.क.पा. कास्कीका चार नेता अदालत परिसरबाट पक्राउ

२०७६ असार ३१ गते, मंगलवार

काठमाडौं, ३१ असार । नेपाल कम्युनिष्ट पार्टी कास्कीका चार जना नेता जिल्ला अदालत तनहुँको परिसरबाट पुन पक्राउ परेका छन् । पुन पक्राउ पर्ने नेताहरुमा रोल्पा घर भै ने.क.पा. कास्कीका तात्कालिन सेक्रेटरी जंगबहादुर भण्डारी ‘आक्रोश’ तथा ने.क.पा. कास्कीका तात्कालिन सदस्यहरु कास्कीका सन्तोष परियार ‘परिवर्तन’, भोजपुरका मिलन राई र गोरखाका काजी गुरुङ रहेका छन् ।
राजद्रोह मुद्दामा पक्राउपछि तनहुँ जिल्ला अदालतबाट सामान्य तारेखमा रिहा भएलगत्तै उनीहरुलाई प्रहरीले पक्रेको हो ।उनीहरुविरुद्ध स्याङ्जा जिल्ला अदालतमा पनि राजद्रोह मुद्दा रहेकाले पक्राउ गरिएको प्रहरी नायब निरीक्षक मनोज पाण्डेले जानकारी दिए । बिद्यार्थीहरुको बैठकस्थलबाट पक्राउ गरिएका उनीहरूसहितको २० जनाको टोलीलाई कास्की प्रहरीले विभन्न मुद्दा चलाएकोमा अन्यलाई सामान्य तारेखमा छाडेको थियो भने जिल्लास्तरका नेता आक्रोश, परिवर्तन, मिलन राई र काजी गुरुङलाई फेरी गिरफ्तार गरी मुद्दा चलाइएको थियो l त्यसपछि गैर कानुनी थुनामा राखिएको भन्दै परेको बन्दी प्रत्यक्षीकरणको मुद्दामा उच्च अदालत पोखराले उनीहरुलाउ निर्दोष भन्दै रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेशले रिहा भए पनि उनीहरुलाई प्रहरीले फेरी गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय तनहुँ लगेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु