ने. क. पा.का प्रवक्ता प्रकाण्ड पुत्र नरेन्द्रमाथि हिरासतभित्रै निर्घात कुटपिट

२०७६ फाल्गुन ९ गते, शुक्रबार

काठमाडाैं, ९ फागुन । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड पुत्र नरेन्द्र विकमाथि हिरासत भित्रै निर्घात कुटपिट भएको बुझिएको छ । प्रहरीले सोमबार दिउँसो १ः३० बजे मध्य बानेश्वरबाट गिरफ्तार गरि विकलाई अपराध महाशाखा, टेकु पुर्याएको थियो । नरेन्द्र विक नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) का केन्द्रीय कोषाध्यक्ष हुन् । अहिले देशमा दलाल, पुँजीपतिवर्गको सामाजिक दलाल मुखुण्डो धारण गरेको केपी ओली सरकार र ओली–प्रचण्डको सरकारी नेकपाले कम्युनिस्ट पार्टी र समाजवादको रक्षा कवजमा मुक्तिकामी नेपाली जनता र सार्वभौम राष्ट्रका विरुद्ध नेपालको राजनीतिक इतिहासमा निरंकुशतावादी र फासीवादीहरुलाई माथ गर्दै बेलगाम अपराध गरिराखेको भन्दै एकीकृत जनक्रान्तिमार्फत संघर्ष अगाडी बढाई रहेको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता पुत्र नरेन्द्रमाथि राजनीतिक प्रतिसोध का कारण कुटपिट भएको बुझिएको छ ।
देशमा वैज्ञानिक समाजवादी शिक्षा प्रणालीको स्थापना र जनताको वास्तविक अर्थको राज्य व्यवस्था, वैज्ञानिक समाजवाद स्थापनाको आन्दोलनमा अनवरत लागेका अखिल (क्रान्तिकारी) का केन्द्रीय कोषाध्यक्ष नरेन्द्रमाथि उनका पिता प्रकाण्डको बारेमा बिभिन्न प्रश्न सोद्धै कुटपिट गरिएको बुझिएको छ ।अपराध महाशाखा, टेकुको हिरासतमा रहेका नरेन्द्रलाई भेटेर फर्किएका व्यक्तिका अनुसार नरेन्द्रको अनुहार र शरीर भरि निलडाम र चोटहरु रहेको छ र उनलाई अहिले सम्म प्रहरी उपचारको लागि अस्पताल नलगिएको बुझिएको छ । उनले नरेन्द्रमाथि राजनीतिक प्रतिसोधका आधारमा निर्घात कुटपिट भएको बताउदै सम्पूर्ण पत्रकार , रास्ट्रिय मानब अधिकार आयोगलागायत सम्बद्ध सबै पक्षलाई घटनाको अबलोकन गरिदिन आह्वान समेत गरे ।

यसैबीच , राष्ट्रिय मानवअधिकार आयोगमा नरेन्द्र बिकलाई यातना दिईएको भन्दै उजुरी परेको छ । टेकु हिरासतमा रहेका बिकमाथि शारीरिक तथा मानसिक यातना दिईएको भन्दै उनको मानवअधिकारको रक्षा गरिदिन माग गर्दै शुक्रवार परिवारले आयोगमा उजुरी दिएको हो । राजनीतिक आस्थाकै कारण गैरन्यायीक रुपमा बिकलाई गिरफ्तार गरि हिरासतमा राखिएको र उनीमाथि कुटपिट तथा यातना दिएको भन्दै परिवारले आयोगमा शुक्रवार निवेदन परेको आयोगले जनाएको छ । शुक्रवार सार्वजनिक बिदा भएकाले उक्त निवेदनउपर छिट्टै प्रकृया अघि बढाउने र घटनाबारे आयोगले सत्यतथ्य बुझ्ने जनाएको छ ।
बिद्यार्थी नेता नरेन्द्र नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डका छोरा भएकाले पनि राजनीतिक प्रतिसोधका कारण यातना दिएको भन्दै परिवारले सम्पूर्ण पत्रकार , रास्ट्रिय मानब अधिकार आयोगलागायत सम्बद्ध सबै पक्षलाई घटनाको अबलोकन गरिदिन आह्वान समेत गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु