नेविसंघमा ३२ वर्ष भित्रैबाट नेतृत्व छान्न दबाब

२०७६ कार्तिक ७ गते, बिहीबार

काठमाडौं, ७ कात्तिक । नेपाली कांग्रेसको नेतृत्वले ३२ वर्ष माथिबाट नेपाल विद्यार्थी संघ (नेविसंघ) को नेतृत्व चयन गर्ने तयारी गरेपछि निवर्तमान नेताहरुले आपत्ति जनाएका छन । पार्टीको शीर्ष तहबाट ३२ वर्ष भन्दा माथी बाटै नेतृत्व ल्याउने गरी तयारी भएपछि निवर्तमान भएका विद्यार्थी नेताहरुले भने आपत्ति जनाएका हुन । निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले ३२ वर्ष भित्रैबाट उमेर हद लगाएरै कार्यसमिति बनाइनु पर्ने बताएका हुन । ‘उमेर हद् लगाउने भनेर पार्टीले विधानमा लेख्ने, अनि निर्वाचित कार्यसमितिलाई निकम्बा बनाउने, फेरी त्यही ३२ माथीकै नेतृत्व ल्याउने रु, विधान विपरित कि जानेरु,’ निवर्तमान महामन्त्री काफ्लेले भने ।
नेतृत्वले ३२ वर्षमाथिबाट नेतृत्व चयनका लागि तयारी गरेपछि काफ्ले समूहले विरोध गर्दै आएको हो । सो समूहका नेता सुशील भट्टले आफूहरुले लामो समयदेखि ३२ वर्षमुनीबाट नेविसंघको नेतृत्व चयन गरिनुपर्नेमा आवाज उठाउँदै आएको तर पार्टी नेतृत्व विधान विपरित अघि बढेको बताए । उनले पार्टीबाट अनुमोदन भएकै नेविसंघको विधानलाई टेकेर कतिपय जिल्लाको अधिवेशन भइसकेको र केहीमा हुने क्रममा रहेको भन्दै अहिले फेरि ३२ माथिको नेतृत्व लागू गरिए पार्टी नेतृत्वको खिलाफमा जान पनि आफूहरु बाध्य हुने चेतावनी दिए । – राजधानी दैनिकवाट

प्रतिक्रियाहरु