नेविसंघद्वारा आयल निगम घेराउ

२०७५ जेष्ठ ४ गते, शुक्रबार

काठमाडौं, ४ जेठ । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गर्दै नेपाल आयल निगम घेराउ गरेको छ । दैनिक उपभोग्य वस्तुको पटक–पटक मूल्य बढाएर सरकारले जनताको ढाड सेकेको आरोप विद्यार्थीहरुको छ । यो मूल्यवृद्धि जनहित विरोधी र कमिशनउन्मुख रहेको भन्दै नेविसंघले तत्काल फिर्ता लिन माग गरेको छ । विद्यार्थीहरुले निगमको गेट अगाडि विरोध प्रदर्शन गरेका हुन् । माग बेवास्ता गरिए जनताका बीचमा गई मूल्यवृद्धि विरुद्धको आन्दोलन थाल्ने चेतावनी विद्यार्थीको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु