नेवा एकता दिवस पुस १५ गते

२०७१ पुष ७ गते, सोमबार

काठमाडौं । नेवा एकता दिवस आउँदो पुस १५ गते मनाउनको लागि तयारी समिति गठन भएको छ । नेवाः स्वायत्त राज्य मंकाः संघर्ष समितिले पहिचान सहितको संघीयताको लागि संघर्षको रुपमा नेवाः एकता दिवस मनाउने निर्णय गर्दै तयारी समिति गठन गरेको हो ।
भौगोलिक, व्यावसायिक व क्षेत्रगतरुपमा ७४ सदस्यीय नेवाः एकता दिवस तयारी समिति गठन गरेको समितिले जनाएको छ । समितिमा लक्ष्मीदास मानन्धर, भृगुराम श्रेष्ठ, मोहनकृष्ण डंगोल, वीरेन्द्रभक्त श्रेष्ठ, जीवनराम श्रेष्ठ, हिसिला यमी, देवेन्द्र श्रेष्ठ, डा. मंगलसिद्धि मानन्धर, डा. विजय सैंजु लगायत छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु