नेवानि ‘३९ अर्ब’ ऋणमा !

२०७५ कार्तिक ३० गते, शुक्रबार

काठमाडौं, ३० कार्तिक । नेपाल वायु सेवा निगम तत्कालीन रुपमा झण्डै ३३ अर्ब बढी ऋणमा रहेको देखिएको छ । तर दीर्घकालीन ऋण भने ३९ अर्बभन्दा माथि पुग्ने देखिएकाे छ । निगमले बिहीबार जारी गरेको स्वेतपत्रमा ३२ अर्ब ८७ करोड रुपैयाँ तिर्न बाँकी ऋण देखाएकाे छ । नगद प्रवाहमा संकट आइपरेपछि निगमले सरकारसँग तत्काल आर्थिक सहयोग माग गरेको हाे । निगमका अध्यक्ष मदन खरेलले वाईडबडी विमान खरिदसँगै निगमले तिर्नुपर्ने रकमका लागि सरकारसँग २० अर्ब रुपैयाँ अनुदान माग गरेको जानकारी दिएका छन् । उनले निगम निकै उच्च वित्तीय जोखिममा रहेको भन्दै सरकारसँग गुहार मागेका हुन् ।
निगमले हाल विभिन्न जहाज खरिदबापतकाे मात्रै तिर्नुपर्ने ऋण ३२ अर्ब ८७ अर्ब रहेको देखाएकाे छ । तर दीर्घकालीन कर्जा भने ३९ अर्ब ८२ करोड रुपैयाँ रहेकाे निगमकाे भनाइ छ । याे ऋणकाे अवस्था हेर्दा निगम उच्च वित्तीय जोखिममा देखिन्छ, किनकि अर्बाै‌ ऋणमा किनिएका नयाँ जहाजबाट उसकाे अाम्दानी खासै बढ्न सकेकाे छैन । हाल निगमले उक्त कर्जाका लागि वार्षिक १०.५०% का दरले ब्याज तिर्नु परेकाले निगमको तलरता व्यवस्थापनामा समस्या अाएकाे खरेलकाे भनाइ छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु