नेम्वाङ चडेको गाडी एम्बुसमा

२०७४ मंसिर ६ गते, बुधबार

काठमाडौं . ५ मंसिर। पूर्वसभामुख तथा नेकपा एमालेका नेता सुवाशचन्द्र नेम्वाङको गाडिलाई लक्षित गरी शक्तिशाली बम विस्फोट भएको छ । एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष्णु रिजालका अनुसार नेता इलामबाट पाँचथर जाँदै गर्दा राजमार्गमा शक्तिशाही बम विस्फोट गरिएको थियो । नेता नेम्वाङ पाँचथरको तुम्मेवा गाउँपालिकास्थित मौवा बजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न जाँदै थिए ।
“चुनावी प्रचार अभियानमा रहनुभएका हाम्रो पार्टीका शीर्ष नेताहरूलाई लक्षित गरी एकपछि अर्काे बिस्फोट र एम्बुस थाप्नेजस्ता आपराधिक घटनाहरू दिनप्रतिदिन बढ्न थालेको छ । हिजो मात्रै संविधानसभा अध्यक्ष, पूर्वसभामुख तथा स्थायी कमिटी सदस्य कमरेड सुवासचन्द्र नेम्वाङलाई लक्षित गरी पाँचथरको जोरपोखरीस्थित राजमार्गमा शक्तिशाली बम राखिएको छ” एमालेद्वारा जारी विज्ञप्तिमा भनिएको छ । एमालेले चालकको सजगताका कारण गाडी एम्बुसमा पर्नबाट जोगिएको बताएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु