नेप्सेकाे पूर्ण अनलाइन कारोबार सुरु

२०७५ कार्तिक २० गते, मंगलवार

काठमाडौँ, २० कात्तिक । गत साउन १ गतेदेखि अनलाईन परीक्षण गर्दै आएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले आजवाट पूर्ण अनलाईन कारोवार सुरु गर्नेभएको छ । प्रणालीको प्रयोग गर्न लगानीकर्तालाई सहज बनाउन नेप्सेले मक ट्रेडिङ अभ्यास समेत सञ्चालन गर्दै आएको थियो । यो प्रणाली लागु भएसँगै शेयरको किनबेच घरबाटै पनि गर्न सकिनेछ । अनलाइन प्रणाली लागुभएपछि आम लगानीकर्ताले इन्टरनेटको पहुँच भएको कुनै पनि स्थानमा रहेर आफैले कारोवार गर्न सक्छन् । नेप्सेले सञ्चालनमा ल्याउन लागेको प्रणालीले नेपालमा बचत खाता र हितग्राही खाता खोलेर ब्रोकर कम्पनीमा दर्ता भएका देश तथा विदेशमा रहेका नेपालीले शेयर किनबेच गर्न पाउनेछन् । तर, यसका लागि ब्रोकर कम्पनीसँग युजर नेम र पासवर्ड भने अनिवार्य लिनुपर्नेछ ।

प्रतिक्रियाहरु