नेप्लिज युथ फोरम जापान गठन

२०७२ आश्विन १२ गते, मंगलवार

टोकियो – जापानको नेपाली समुदायबीच आपसी भाइचारा, सदभाव, मेलमिलाप, एकता र पारस्परिक सम्बन्धको बिकास गर्दै समसामयिक बिषयहरुमा बौद्धिक छलफल जारी राख्दै युवा वर्गलाई सिर्जनशील कार्यमा प्रोत्साहित गर्ने उद्देश्यले जापानमा ’नेप्लीज युथ फोरम जापान’ को स्थापना गरिएको छ । ‘सामाजिक एकता र सदभावका लागि युवा’ भन्ने नाराका साथ हालै टोकियोमा भएको युवाहरुको एक भेलाले दिनेश शाहीको संयोजकत्वमा १५१ सदस्यीय ‘नेप्लिज युथ फोरम जापान’ को गठन गरिएको स्रोतले बतायो । संयोजक शाहीको संयोजकत्वमा गठित नेप्लीज युथ फोरमका अन्य सदस्यहरुमा लोकनाथ अधिकारी, मनोज दाहाल, जनक सुबेदी, निरञ्जन गैरे, श्यामहरि पाण्डे, ओमकिशोर चौधरी, दुर्गा खड्का, निरञ्जन भट्टराई ,कृष्ण शाही, अनिल पन्त, भानु अर्याल, सरस्वती अधिकारी, आलोक श्रेष्ठ, राजेन्द्र सुबेदी, महेश न्यौपाने, समर बस्नेत, तेजबहादुर चालिसे, अस्मिता लामा, पदम ठगुन्ना, गणेश लामिछाने, सन्दिप थापा, चन्द्रिका हुमागाई, हरि पराजुली, कपिल बगाले, उमेश फुयाँललगायतका युवाहरु रहेका छन् । युथ फोरममा धेरैजसो अन्य संघसंस्थाहरुमा संलग्न नभएका नयां अनुहारहरु रहेका छन् । युथ फोरमले जापानमा क्रियाशील संघसंस्थाहरुबीच समन्वयकारी एवं स्वयमसेवी भूमिका निर्बाह गर्दै सहयोग पुर्याउने उद्देश्य लिएको संयोजक शाहीले बताए । उनले निकट भविष्यमै संघसंस्थाहरुबीच परिचयात्मक तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिने बताए । संयोजक शाहीले नेपाली युवाहरुलाई रचनात्मक तथा सिर्जनशील कार्यमा प्रोत्साहित गर्दै सामाजिक जिम्मेवारीमा उन्मुख बनाउने उद्देश्यले गठित युथ फोरममा आबद्ध भई हातेमालो गर्न जापानमा रहेका युवा वर्गमा अपिल गरेका छन । – रबिन्द्र गोर्खाली

प्रतिक्रियाहरु