‘ नेपाल’ सूचनाको हकसम्बन्धी विश्वव्यापी सञ्जालमा

२०७१ कार्तिक १२ गते, बुधबार

काठमाडौँ । नेपालले सूचनाको हकका लागि काम गर्दै आएको विश्वव्यापी संस्था सूचनाको हक अभियन्ता सञ्जाल (फोयानेट) को सञ्चालक समितिमा आफ्नो प्रतिनिधित्व सुनिश्चित गरेको छ ।सञ्जालको सात सदस्यीय सञ्चालक समितिमा नेपालको तर्फबाट सूचनाको हकको क्षेत्रमा नेतृत्व गर्दै आउनुभएका वरिष्ठ पत्रकार तारानाथ दाहाल निर्वाचित हुनुभएका हुन् ।संसारभर रहेका सञ्जालका सदस्यहरुबाट अनलाइनमार्फत भएको मतदानको गएराति सार्वजनिक नजिताअनुसार दाहालले धेरै मत प्राप्त गरी चौथो विजयी उम्मेदवार घोषित भएको सञ्जालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
त्यसैगरी निर्वाचनमा सबैभन्दा बढी मत पप्त गरेर क्यानडास्थित सेन्टर फर ल एन्ड डेमोक्रेसीका कार्यकारी निर्देशक टोबी मेण्डल स्वतः सञ्जालको अध्यक्ष घोषित भएका छन् ।
यो विजयसँगै सञ्जालमा दक्षिण एसिया र नेपालको तर्फबाट अहिलेसम्मकै पहिलो प्रतिनिधित्व भएको र यसले सञ्जाललाई झन् प्रतिनिधिमूलक बनाई प्रभावकारी कार्यसम्पादन गर्न सक्षम संस्थाको रुपमा अगाडि बढाउने विश्वास गरिएको छ ।
निर्वाचनको नतिजापछि दाहालले आफ्नो कार्यकालमा समग्र एसियाली क्षेत्रकै प्रतिनिधित्वलाई बलियो बनाई सूचनाको हकसम्बन्धी विश्वव्यापी अभियानलाई गति दिन संयोजनकारी भूमिका निर्वाह गर्ने बताए ।
दाहाल सूचनाको अधिकारको क्षेत्रमा कार्यरत सामाजिक संस्था फ्रिडम फोरम तथा सूचनाको हकका लागि नागरिक अभियान (सिसिआरआई)का अध्यक्ष हुन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार