नेपाल सरकारको नाममा परदेशि युवाको चिठि

२०७१ फाल्गुन १५ गते, शुक्रबार

सम्माननिय नेपाल सरकारका मन्त्री ज्युहरु सबैलाइ नमस्कार।
तपाईं हामी सबैको देश नेपाल अनि त्यो देश हाक्ने तपाइहरु अनि तपाइहरुले चलाएको नितिको अनुशरण गर्ने हामी जनता।तिनै जनता मध्यको एउटा नागरिक म पनि हु।म एउटा परदेशमा श्रम गर्ने श्रमिक हु।म आफ्नै बाध्यता र बिबशता र परिस्थितिको चपेटामा परेर बिदेश आएको हो यसमा कसैलाइ दोष दिन चाहन्न।तर नेपाल सरकार सामु केही कुराहरु राख्न मन लाग्यो सायद राख्न हुन्थ्यो कि हुन्थेन त्यो त थाहा छैन तर देशको एउटा नागरिकको हैसियतले केही कुरा राख्नु आफ्नो अधिकार ठानी राख्ने जमर्को गरेको छु।
आजको नेपालको अवस्था देखेर मलाइ अतिनै चिन्ता लागेको छ सायद मलाइ मात्र हैन होला म जस्ता हजारौ लाखौ युवालाइ चिन्ता लागेको छ।देश यतिबेला संक्रमणकालिन अवस्थामा छ।संविधान बन्न सकिरहेको छैन सबै आफ्नै अडान मा छन।१२ बुदे समझदारी र शान्ती सम्झौताका सहयात्रि बिच पानी बाराबारको अवस्था छ यो पक्कै पनि सुखद कुरा हैन।यहि स्थिती रहिरहे संविधानसभाबाट सम्बिधान पाउने जनताको आशाहरु निराशामा परिणत हुने त हैन भन्ने चिन्ताले सताइरहेको छ।
यति हाम्रो देशमा बलियो सरकार छ सायब बिश्वमा कमै ठाउमा हुने निर्बाचनमा पहिलो हुने र दोश्रो हुने बिचको गठबन्धन्बाट बनेको सरकार छ अहिले।तर अहिले देशमा ग्यास तेल मट्टीतेल लगायत पेट्रोलियम पदार्थको हाहकार छ।देशको सुरक्षा स्थिती जटिल बन्दै गैररहेको छ।दिउसै बालिका बलत्कारित हुन्छे राझधानिको मुटुभित्र ट्युसन पढ्न गएका बिद्यार्थीमाथि तेजाब हानिन्छ,बेरोजगारी बढ्दै छ जसले गर्दा हत्या हिंसा बलत्कार चोरी डकैती जस्ता आपराधिक क्रियाकलाप बढ्दै गैरहेका छन।यी र यस्ता क्रियाकलापप्रती सरकारको ध्यान नगएको हो कि?किन सरकारले यश बिषयमा चासो देखाइरहेको छैन?किन सरकार मौन छ।सात सात वटा हेलिकप्टर चार्टर गरेर महायज्ञ उद्घाटन गर्न जान फुर्सद हुन्छ तर कसैबाट तेजाब शरिरमा फ्याकेर घाइते भएका नागरिकलाइ भेट्न जाने र सान्त्वना दिने समय किन मिल्दैन सरकारलाइ?देशका मन्त्री भैसकेका करोडौं रुपैयाका मालिक उच्च ओहदाका मान्छेहरुलाइ बिदेश लगेर उपचार गराउन सक्छ नेपाल सरकार तर सिटामल खान नपाएर जनता मर्नुपर्ने अवस्था छ आखीर यो किन?बिगत लामो समयदेखी न्यायको भिग माग्दै बसिरहेकी सामुहिक बलत्कारमा परेकी पुजा बोहराहरुलाइ न्याय दिन किन गम्भीर बन्दैन सरकार?कतै पुजा बोहराहरुलाइ न्याय दिदा आफ्ना पार्टिसम्बद्ध तथा आफ्ना समर्थकहरु पर्ने डरले त पछि हटिरहेको हैन?आम नेपाली जनतालाइ शंका लागिरहेको छ।
देशमा रोजगारी नपाएर हजारौ युवाहरु बिदेशिनुपर्ने बाध्यता छ।देश बबाउने युवाहरु अरुको देश बनाइरहेका छन।बाध्यता ले परदेश हानिएका युवाको भबिस्य कहाँ कतिबेला पोखिने हो थाह छैन।बैदेशिक रोजगार सुरक्षित छैन।बैदेशिक रोजगारमा जाने ब्यक्ती प्रती हरेक ठाउमा चोरी डकैती छल कपट चलिरहेको छ्।पियन्देखी हाकिम सम्म निजिदेखी सरकारी कार्यलय सम्म अनेक ठाइमा ठगिन्छन युवा।असुरक्षाकै कारण हजारौ युवाले बिदेशमा नै अकालमा ज्यान गुमाउने अवस्था सृजना हुदासम्म सरकार मौन बस्नु अति नै दुखको कुरा हो।नेपाल सरकार सारा नेपालिको अभिभावक हो।तर सरकारले आफ्नो अभिभाबकत्व निर्बाह गर्न नसकेको त हैन?मेरो प्रश्न छ यहाहरुलाइ।भ्रस्टाचार दिनानुदिन बढ्दै छ तर पनि सरकार कानमा तेल हालेर बसेको हो कि भन्ने अनिभुती जनतामा भैरहेको छ।

फरक प्रसङ्गतिर
तत्कालिन सात राजनैतिक दल र बिद्रोही माओबादिबिच भएको वृस्तृत शान्ती सम्झौता र १२ बुदे समझदारी को आडमा सम्बिधानसभाबाट सम्बिधान बनाउने भनी सम्बिधानसभाको निर्वाचन भएको पनि ७ बर्ष भैसक्यो।राजनैतिक दलहरुको आफ्नै लोभ मोह र स्वार्थको चपेटामा परेर पहिलो सम्बिधान सभाको अबसान भयो र दोस्रो संविधान निर्बाचन भयो जुन भएको नि १ बर्ष गुज्रिसकेको छ।तर संविधान बन्ने कुनै छटकाट छैन।शान्ती प्रक्रियाको मुख्य हिस्सेदार दल अरु २९ दलसहित सहमतिमा संविधान बन्नुपर्ने माग राख्दै सडक संघर्षमा उत्रेको छ अर्को तर्फ अरु केही राजनैतिक दलहरु सम्बिधानसभा नै बहिस्कार गरेर बसिरहेको छ।यी सबै लाई मिलाएर लैजान अभिभाबकत्व भुमिका नेपाल सरकारले ख्व्ल्बुपर्ने हैन र?तर खै कहिकतै पनि देखिदैन उल्टै सरकार नै बहुमत र अल्पमतको खेलमा लागेर प्रतिपक्षलाई चिढाउने काम गरिरहेको छ जस्तो लाग्छ।के माओबादी लगायतका दललाइ बाहिर राखेर संविधान निर्माण कार्य सम्पन्न होला?अनि सेनाको घेरा भित्रबाट जाती गरिने सम्बिधानले हरेक नेपालिको हक र अधिकार सुनिस्चित गर्ला?नेपाल सरकारलाइ प्रश्न।सत्तापक्ष बहुमतको ध्वास दिने प्रतिपक्ष बहुमत र अल्पमतको खेल भए संविधानसभाइ छाडेर संघर्षमा उत्रने हर्कतले देश अनि सम्बिधान सभाको हालत के होला एकपटक सोच्ने हो कि नेपाल सरकार?१२ बुदे समझदारी र शान्ती सम्झौता प्रती इमान्दार बन्दै त्यसको कार्यन्वयन गर्दै अगाडि बढ्नुपर्ने दायित्व नेपालस सरकारको हैन र?किन नेपाल सरकार ले आफ्नो कर्तब्यलाइ भुल्दै छ?एउटा नागरिकको हैसियतले प्रश्न गर्दै छु।
अन्त्यमा नेपाल सरकार आम नगरिकप्रती प्रतिबद्ध बनोस।आम नागरिकको चाहना संघीयता र पहिचान सहितको अग्रगामी संविधान बनाउन सबैलाइ बिश्वासमा लिएर अघि बढोस।देशमा बढ्दै गैरहेको हत्या हिंसा अन्याय अत्याचार शोषण दमन भ्रष्टाचार लगायतको अपराधहरु नियन्त्रण गरि जनतामा शान्ती र अमनचयन गराउन प्रतिबद्ध बनोस।
उहीँ देशमा रोजगार नपाएर परदेशिएको छोरो
नबराज सिम्खडा”जिज्ञासु”
मरुभुमी दोहा कतारबाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु