नेपाल सम्वत् ११३५ सुरु

२०७१ कार्तिक ७ गते, शुक्रबार

काठमाडौं, ७ कात्तिक। आजवाट नेपाल सम्वत् ११३५ सुरु भएको छ । सोहि क्रममा नेपाल सम्वत् ११३५ नेपाल राज्यभर विविध कार्यक्रम गरी मनाइँदैछ ।यस सम्वत्लाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाःले ईसं ८८० मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात् गराएको थियो । नेपाल संवत्ले ८ सय ८८ सम्म राष्ट्रिय सम्वत्को मान्यता पाई आधिकारिकता पाएको थियो ।
विसं १९६० देखि भने नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत्को मान्यता दिन छोडिएको थियो । राणा शासनको अन्त्य भई २००७ सालमा प्रजातन्त्रको स्थापना भएपछि देखि नै नेपाल सम्वत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाई आइएको छ ।
नेपाल सम्वत्लाई नयाँ वर्षका रुपमा काठमाण्डु, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेष रुपमा मनाउने गरिन्छ ।
गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक सम्वत्समेत चलाएको कार्यको उच्च मूल्यांकन गर्दै २०५५ सालमा सरकारले साख्वाःलाई राष्टिय विभूति घोषणा गरेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु