नेपाल शिक्षक महाँसघ रुपन्देहीमा समानन्तर कमिटी गठन

२०७५ असार ९ गते, शनिबार

काठमाडौँ, ८ असार । नेपाल शिक्षक महाँसघ रुपन्देही समानन्तर कमिटि गठन भएको छ । अाज रुपन्देहीको भैरहवामा भएको ७ शिक्षक सगठँनका शिक्षकहरुको प्रथम भेलाले गिरि मरासिनीको अध्यक्षसगठँनका २६ सदस्यीय समानन्तर जिल्ला समिति चयन गरेको हो । समितिको सअअध्यक्ष गणेश प्रसाद माझि,उपाध्यक्षमा गिता पाण्डे र प्रेमनाथ त्रिपाठी,सचिव कनई प्रसाद यादब,अर्थ उपमहासचिव राम बहादुर थारु,सहसचिवमा शुशिला गैरे र महमुद अालम खा रहेका छन भने १६ वटा स्थानीय निकायका अध्यक्ष समेत तोकेको छ । स्थानीय निकायका अध्यक्षहरुमा क्रमश बुटवल उपमहानगरपालिकामा अध्यक्षमा दिलिप वेलबासे,सैनामैना नगरपालिका अध्यक्षमा रेशम चालिसे,तिलोतमा राम प्रसाद न्यौपाने ,रोहिणि गाउँपालिका अध्यक्ष ईन्द्र कुमार यादब,अोमसतिया राम गोपाल यादब,कुटहिमाई गाउँपालिकामा अम्बिका यादब,मर्चवारि गाउँपालिकामा राम केस,गैडहवा कृष्णनारायण चौधरी,सिहारि दयाशकर गुप्ता,मयादेवि राजकिशोर पाण्डे,समरिमाई योगेन्द्र प्रसाद लोद,देवदह नगर अध्यक्षमा भिमदेब ढकाल,लुम्बिनी सास्कृतिक नगरमा किलियस महमत खा,सिदार्थ नगरको अध्यक्षमा सद्रे अालम लगाएत रहेका छन । प्रथम भेलाको उदघाटन गर्दै अखिल नेपाल शिक्षक सगठँनका केन्द्रीय अध्यक्ष घनश्याम पाठकले सगठँनको बैधानिकता बारे बोल्दै ७ वटा सगठँनको भेलालाई बैधानिक नमानेर ३ सगठँनको भेलालाई बैधानिक मान्न नसकिने बताउनुभएको छ ।
एक अर्को प्रसँङमा बोल्दै अध्यक्ष पाठकले एकताको बलले मात्रै शिक्षकहरुको हक अधिकार सुनिश्चित हुने दाबी गर्नुभयो । कार्यक्रममा नेपाल शिक्षक महाँसघका केन्द्रीय सदस्य गिता पाण्डे,अखिल नेपाल शिक्षक सगठनका केन्द्रीय उपाध्यक्ष गुणाखर भट्टराई ,सघिँय शिक्षक मञ्चका प्रेमनाथ त्रिपाठी,अखिल नेपाल प्रगतिशील शिक्षक सगठनका गोरख बहादुर रोकाय लगाएले अा-अाफ्नो धारणा राखेका थिए ।
भेलामा बिभिन्न ७ सगठँनको उपस्थिति रहेको थियोे । सघिँय शिक्षक फोरमका कलामुदिन खानको अध्यक्ष्ातामा अायोजित कार्यक्रमको सञ्चालन अखिल नेपाल शिक्षक सगँठन रामजि अाचार्यले गर्नुभएको थियो ।
स्मरण रहोस गत जेठ २६ गते नेपाल राष्ट्रिय शिक्षक सगँठन,एकिकृत अखिल नेपाल शिक्षक सगठन र नेपाल शिक्षक सघले छुट्टै भेला गरि नयाँ समिति गठन गरेका थिए भने अाज सो समितिको बैधानिकता उठाउदै ७ शिक्षक सगठनले छुट्टै भेला गरि नया समिति घोषणा गरेका हुन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु